कुटेर नातीको हत्या गरेकाे आरोपमा साउँद पक्राउ
बैतडी | असार २९, २०८०
बैतडी: बैतडीमा आफ्नै २ वर्षीय नातीलाई हत्या गरेको आरोपका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–६ मुरेलीधार बस्ने ५० वर्षीय गणेश साउँद रहेका छन् ।
उनलाई हिजो (बिहीबार) दिउँसो ईलाका प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट टोल्यामोडबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
गणेशले २ वषीय नाती रेशम साउँद र अर्का ८ वर्षीय नाती रिजनलाई कुटपिट गरेका थिए ।
बाजेको कुटाइबाट गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यस्तै घाइते भएका अर्का नाती रिजनलाई थप उपचारको लागि मायामेट्रो अस्पाताल धनगढी पठाइएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

